काठमाडौँ। प्राइम कमर्सियल बैंक र कुमारी बैंक लिमिटेडको संस्थापक शेयरमा आजदेखि बिक्री खुला भएको छ। यी दुवै वाणिज्य बैंकको उक्त शेयरमा आजदेखि पुस ६ गतेसम्म खरिद आवेदन दिन सकिने बैंकको जानकारी छ ।
प्राइम कमर्सिलय बैंकले प्रुढेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको स्वामित्वमा रहेको ४९ हजार ७१७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ तोकिएको छ । खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी आवेदन दिनुपर्नेछ ।
सो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक वा अन्य जो–कोहीले न्यूनतम १० हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । त्यस्तै, कुमारी बैंक लिमिटेडले प्रुढेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको स्वामित्वमा रहेको ५ लाख ४९ हजार ६२६ कित्ता शेयर लिलाम बिक्रीमा ल्याएको हो ।
उक्त शेयरको न्यूनतम मूल्य ११० रुपैयाँ प्रतिकित्ता तोकिएको छ । खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी आवेदन दिनुपर्नेछ । सो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक वा अन्य जो–कोहीले न्यूनतम ५० हजार र अधिकतममा सबै कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया