बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई)ले डाक्यो साधारण सभा

प्रस्तावित एजेण्डा र नगद लाभांश के कति रहला ?

सोमबार, ०२ पुस २०८०, ०७ : ३४

काठमाडौं ।  बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) ले साधारण सभा आह्वान गरेका छन् ।  यी दुबै कम्पनीले पुस २७ गते शुक्रबार सोल्टी होटल, ताहाचल काठमाडौंमा सभाको आह्वान गरेका हुन् । बोटलर्स नेपाल लिमिटेडले दिउँसो ४ बजेदेखि ४५औं वार्षिक साधारण सभा बोलाएको छ ।

त्यस्तै बोटलर्स नेपाल (तराई) ले सोहीदिन दिउँसो १२ बजेदेखि ३७ औं साधारण सभा बोलाएको हो । बोटलर्स नेपाल लिमिटेडले गत आवको संचालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नेछ । सभाले आय विवरण, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने, लेखापरीक्षकको नियुक्ती गर्ने र पारिश्रमिक तोक्नेलगायतका प्रस्तावहरु पारित गर्नेछ ।

बोटलर्स नेपाल कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव राखेको छैन् । बोटलर्स नेपाल (तराई) ले भने प्रतिशेयर ६० रुपैयाँका दरले नगद लाभांश पारित गर्नेछ । त्यस्तै, सभामा गत आवको वार्षिक प्रतिवेदन पारित गर्ने, वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक तोक्नेजस्ता एजेण्डा राखिएको छ ।

सभा प्रयोजनार्थ दुबै कम्पनीले पुस २० गते बुक क्लोज गर्ने भएका छन् । जस अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले सभामा भाग लिन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

सोमबार, ०२ पुस २०८०, ०७ : ३४

प्रतिक्रिया