सेयरबजार ३८.१४ अंकले बढेर २ हजार ६०.४९ को विन्दुमा कायम

सोमबार, ०२ पुस २०८०, १६ : १७

काठमाडौँ- साताको दोस्रो कारोबार दिन सोमबार सेयरबजार ३८.१४ अंकले बढेर २ हजार ६०.४९ को विन्दुमा बन्द भएको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ९.५६ अंकले बढेर ३९०.६३ को विन्दुमा पुगेको छ। 

आज नेप्सेमा सूचीकृतमध्ये ३०५ कम्पनीका २ करोड १४लाख ९७ हजार ६१९ कित्ता सेयर ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजार ५६५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

अघिल्लो कारोबार दिन करिब ५ अर्ब हाराहारीमा कारोबार भएको थियो । 


आज नेप्से उपसमूहमा रहेका १३ ओटा समूहमध्ये हाइड्रोपावर समूह बाहेक अरु सबै समूहमा हरियाली छाएको छ । यो दिन हाइड्रोपावर समूह ०.३३ प्रतिशतले घटेको छ ।

यसैगरी, यो दिन सबैभन्दा बढी लघुवित्त समूह ५.५३ प्रतिशतले बढेको छ ।त्यस्तै दोस्रोमा होटल्स एन्ड टुरिजम समूह ३.२५ प्रतिशतले बढेको छ ।

यसैगरी, लगानी समूह ३.१० प्रतिशतले बढेको छ । त्यसैगरी उत्पादन तथा प्रोसेसिङ समूह २.८१ प्रतिशतले बढेको  छ। यसैगरी, यो दिन वित्त समूह २.५८ प्रतिशतले  बढेको  छ। त्यस्तै बैंकिङ समूह २.०५ प्रतिशतले बढेको  छ।

धेरै कारोबार गर्ने कम्पनीहरु 
यो दिन पनि सबैभन्दा बढी कारोबार हिमाल दोलखा हाइड्रोपावरको भएको छ । उक्त कम्पनीको २६ करोड २६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

त्यस्तै सोनापुर आयल एन्ड मिनरल्सको २० करोड २८ लाख रुपैयाँभन्दा बढीको सेयर बिक्री भएको  छ। त्यस्तै  सोल्टी होटलको १८ करोड ४३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 
 यसैगरी, शिवम सिमेन्ट्सको १६ करोड ८३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै घोराही सिमेन्टको १४ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

धेरै कमाउने र धेरै गुमाउने
त्यस्तै, यो दिन नौ ओटा अलग अलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

जसमा बोटलर्स नेपाल (बालाजु), सूर्यज्योति लाइफ इन्स्योरेन्स,स्वरोजगार लघुवित्त वित्तीय संस्था, जीवन विकास लघुवित्त वित्तीय संस्था,बीपीडब्लू लघुवित्त वित्तीय संस्था, हाथवे इन्भेष्टमेन्ट कम्पनी,मुक्तिनाथ कृषि कम्पनी,नेरुडे लघुवित्त वित्तीय संस्था र धौलागिरी लघुवित्त वित्तीय संस्था रहेका छन् ।

त्यस्तै, यो दिन सबैभन्दा बढी हिमालय पावर पाटर्नरको सेयरमूल्य घटेको छ । उक्त कम्पनीको सेयरमूल्य ७.८६ प्रतिशतले घटेको छ ।

यसैगरी,डोल्टी पावर कम्पनीको सेयरमूल्य ६.५७प्रतिशतले घटेको छ ।

सोमबार, ०२ पुस २०८०, १६ : १७

प्रतिक्रिया