काठमाडौं। मन्दाकनी हाइड्रोपावर लिमिटेडले १०औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पुस २९ गते अनुपम फुडल्याण्ड एण्ड व्याङ्क्व्येट, बत्तिसपुतली काठमाडौंमा बिहान ११ बजेदेखि सभा बोलाएको हो।
सभाले चुक्ताँ पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्न स्वीकृत गर्नेछ । त्यस्तै, सभामा गत आवको वार्षिक प्रतिवेदनसहित नाफा, नोक्सान तथा नगद प्रवाहलगायतका विवरणमा छलफल तथा पारित गर्ने जनाएको छ।
त्यसैगरी, सभामा प्रबन्ध पत्र तथा नियमावली संशोधन तथा अख्तियारी प्रदान गर्ने र लेखापरीक्षकको नियुक्तीसहित पारिश्रमिक निर्धारण गर्ने एजेण्डा राखिएको छ । सभा प्रयोजनार्थ कम्पनीले पुस २० गते बुक क्लोज गर्ने जनाएको छ । जस अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
प्रतिक्रिया