काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको छ ।
कम्पनीले २६ हजार ६६५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले आवश्यक कागजातसहित खरिद गर्न चाहेको शेयर संख्या र मूल्यसमेत खुलाई कम्पनीको शेयर रजिष्ट्रार आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड टेकु, काठमाडौंमा सात दिनभित्र आवेदन दिनुपर्नेछ ।
शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीलगायत अन्य जो–कोहीले प्रतिस्पर्धात्मक मूल्य तोकि आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया