गुरु ट्राभल्स वार्षिक साधारणसभा सम्पन्न

मंगलबार, ०३ पुस २०८०, ११ : ३२

काठमाडौं- गुरु ट्राभल्स लिमिटेडको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरु ट्राभल्स लिमिटेडको दोस्रो वार्षिक साधारणसभा काठमाडौँ, कान्तिपथस्थित होटेल येल्लो पेगोडामा मंसीर ३० गते शनिबारका दिन कम्पनीका सञ्चालक समितिका अध्यक्ष विज्ञान राज शर्माको अध्यक्षतामा सम्पन्न भएको हो ।

साधारणसभाले आर्थिक वर्ष २०७९/८० को कम्पनी सञ्चालक समितिको प्रतिवेदन, कम्पनीको आ।व। २०७९/८० को आषाढ मसान्तको वासलात, आ।व।को नाफानोक्सान खाता लगायतका वित्तीय विवरणहरुलाई स्वीकृत गर्दै आगामी आ।व।२०८०/८१ का लागि एस् ए आर् एसोसिएट्स्लाई लेखापरीक्षक नियुक्त गरेको छ ।


कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष विज्ञान राज शर्माले स्वागत मन्तव्य राखेका थिए । साथै, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत नवराज धरेलले संस्थाको वार्षिक तथा वित्तीय प्रतिवेदन पेश गरेका थिए । छलफलमा भाग लिई मन्तव्य राख्ने शेयरधनीहरुमा लक्ष्मी गुरुंग, गोविन्द प्रसाद शर्मा, शम्भु प्रसाद उप्रेती, लीला प्रसाद ढकाल रहेका थिए ।

मंगलबार, ०३ पुस २०८०, ११ : ३२

प्रतिक्रिया