विन्ध्यवासिनी हाइड्रोपावरको लाभांश घोषणा

४ महिना अगाडि

काठमाडौँ- विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको छ । 

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई ५.२६३२ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । 

घोषित लाभांश पारित गर्ने लगायतका अजेण्डासहित यो कम्पनीले आफ्ना  सातौं वार्षिक साधारणसभा पनि आह्वान गरेको छ । 

कम्पनीले आगामी पुस २६ गते बिहीबार काठमाण्डौको नयाँ बानेश्वरस्थित कम्पनीको कार्यालय परिसरमा बिहान १० बजे साधारणसभा आह्वान गरेको हो । 

सभामा सञ्चालक समितिको आ।ब। २०७९/८० को वार्षिक प्रतिवेदनमा छलफल गरी स्वीकृत गर्ने, सोही आ।व।को लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरण छलफल गरी अनुमोदन गर्ने, आ।ब। २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका अजेण्डा समेत पेश हुनेछन् । 

कम्पनीले साधारणसभा प्रयोजनका लागि पुस १७ गते एकदिनका लागि बुक क्लोज गर्नेछ । 

पुस १६ गतेसम्म सेयरधनी कायम भएकाहरुले कम्पनीबाट घोषित लाभांश पाउन र साधारणसभामा सहभागिता जनाउन सक्नेछन् । 

४ महिना अगाडि

प्रतिक्रिया