काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एक कम्पनीको शेयर कारोबारमा फुकुवा गरेको छ ।
नेप्सेले सचेत गराउदै फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको शेयर कारोबार फुकुवा गरेको हो ।
कम्पनीले पुस २ गते नेप्से समक्ष सुविसु इन्टरनेटको कनेक्टीभिटीमा समस्या आएको कारण समयमा जानकारी गराउन नसकिएको भन्दै आगामी दिनमा सजग भई यस्तो गल्ती नदोहोराउने प्रतिवद्धता गरेपश्चात नेप्सेले कम्पनीको शेयर कारोबार फुकुवा गरेको हो ।
कम्पनीलाई नेप्सेले लाभांश घोषणा सम्बन्धि जानकारी समयमा उपलब्ध नगराएको भन्दै कम्पनीलाई कारणसहित तीन दिने स्पष्टिकरण सोधेको थियो ।
प्रतिक्रिया