आईपीओ निष्कासन गर्दै लुम्बिनी केबल

विहीबार, ०५ पुस २०८०, १३ : ५८

काठमाडौँ - लुम्बिनी केबल कार लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ।

सोही प्रस्तावसहित कम्पनीले आगामी पुस २८ गते शनिबार वार्षिक साधारणसभामा बोलाएको हो ।सभा होटल हिमालय लाजिम्पाट, काठमाडौंमा विहान ९ बजेदेखि सुरु हुनेछ । सभाले गत आर्थिक वर्ष २०७९/०८० को वासलात, नाफानोक्सान हिसाव, नगद प्रवाह विवरणसहितको लेखापरीक्षकको प्रतिवेदनमा छलफल गरि पारित गर्नेछ ।

यसैगरी, सोही सभाले नगद लाभांश वितरण, सञ्चालक समिति चयन तथा लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

विहीबार, ०५ पुस २०८०, १३ : ५८

प्रतिक्रिया