काठमाडौं- साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ३६.१५ अंकले घटेको छ । नेप्सेसहित सम्पूर्ण सूचक राताम्य भए पनि २१ सयको विन्दु भने कायम छ ।
बुलिस यात्रालाई कायम राख्दै हिजो बुधबारका दिन पनि सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको थियो । हिजो ३५.३९ अङ्कले बढेर नेप्से परिसूचक २१४१.८७ विन्दुमा बन्द भएको थियो ।
अघिल्लो साताको आइतबारदेखि नै लय समाएको सेयरबजार साताको अन्तिम कारोबारका दिन दोहोरो अकंले घटेको हो । साताको अन्तिम कारोबार दिन उत्पादन तथा प्रशोधन र व्यापार उपसूचकबाहेक सबै उपसूचकहरु राताम्य भएका छन् ।
आज सेयर बजारमा गिरावट आउँदा समेत बोटलर्स नेपाल (बालाजु), आशा लघुवित्त, धौलागिरी लघुवित्त, बिपीडब्लु लघुवित्त, छ्याङ्दी हाइड्रोपावरसहित १० कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ । अन्य सकरात्मक सर्किट लागेका कम्पनीबारे बिस्तृतमा:

प्रतिक्रिया