नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

विहीबार, ०५ पुस २०८०, १६ : ३२

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य समायोजन गरेको छ ।

नेप्सेले चिलिमे हाइड्रोपावरको १० प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ५१९ रूपैयाँ ८२ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ५७१ रुपैंया ८० पैसाका आधारमा मूल्य समायोजन गरेको छ ।

सोही मूल्यको आधारमा नै आइतबार सेयरबजारमा कारोबार खुल्नेछ । 

 

विहीबार, ०५ पुस २०८०, १६ : ३२

प्रतिक्रिया