लाभांश प्रस्ताव सहित राधी विद्युतले डाक्यो साधारण सभा

४ महिना अगाडि

काठमाडौं। राधी विद्युत कम्पनीले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले पुस २९ गते कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि सभा डाकेको हो ।

उक्त सभाले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभामा गत आवको नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल तथा चालु आवका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गरिनेछ ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १५ गते एकदिन बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार सोको अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् । 

४ महिना अगाडि

प्रतिक्रिया