प्रधानमन्त्रीको निर्देशन पालना गर्दै त्रिविले सच्याउन लग्यो उपकुलपति नियुक्ति विज्ञापन

४ महिना अगाडि

काठमाडौं । प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएपछि उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनको प्रावधान सच्याउन लागिएको छ ।

त्रिभुुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले शुक्रवार सार्वजनिक गरेको विज्ञापन रद्द गरेको हो । प्रधानमन्त्रीले विज्ञापनमा कसैलाई पनि बन्देज नहुने गरी व्यवस्था गर्न र देश तथा विदेशबाट समेत प्रतिस्पर्धा गर्न सक्ने गरी फराकिलो मापदण्ड राखेर अर्को सूचना प्रकाशन गर्न निर्देशन लिएका थिए।

उपकुलपतिमा दरखास्त दिन पूर्वपदाधिकारीको अनुभव नचाहिने व्यवस्थासहित समितिले नयाँ विज्ञापन सार्वजनिक गर्ने तयारी गरेको छ ।  शुक्रबार प्रकाशित भएको सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको बेहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गनुपर्ने उल्लेख थियो ।

४ महिना अगाडि

प्रतिक्रिया