त्रिविको उपकुलपतिका लागि सच्याएर पुन: दरखास्त आह्वान

४ महिना अगाडि

काठमाडौं- त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि पुनःदरखास्त आह्वान भएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज सूचना जारी गर्दै दरखास्त आह्वान गरेको छ।

इच्छुक व्यक्तिले कार्यविधिमा उल्लिखित कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन सक्नेछन् । यसअघि प्रकाशित भएको दरखास्त आह्वानको सूचना रद्ध गरेर समितिले पुनस् नयाँ सूचना जारी गरेको हो ।

गत शुक्रबार प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि पेस गर्न सूचना निकालेपछि त्यसको विरोध भएको थियो ।

विवाद सिर्जना भएपछि कुलपति एवम् प्रधानमन्त्री प्रचण्डले नै सच्याएर अर्को सूचना निकाल्न निर्देशन दिएका थिए । सोहीअनुसार पुरानो प्रक्रिया रद्द गरी नयाँ सूचना निकालिएको हो । नयाँ सूचनामा कुनै प्रावधान उल्लेख नगरी ‘छनोट तथा सिफारिससम्बन्धी कार्यविधि-२०८० बमोजिम उपकुलपतिको पदमा दरखास्त दिन इच्छुक र योग्य व्यक्तिबाट दरखास्त आह्वान गरिएको छ’ भनिएको छ ।

new suchana a

४ महिना अगाडि

प्रतिक्रिया