कालो धनको आडमा शेयर बजारमा चलखेल, यसकारण बढाइएको छ केही कम्पनीको शेयर

४ बर्ष अगाडि

काठमाडौं – पछिल्लो दिनमा शेयर बजारमा कालो धन भित्रिएको चर्चा चल्न थालेको छ । सेयर बजारमा आफ्नो स्वार्थ पुरा गर्न र नयाँ लगानीकर्तालाई फसाउने खेल पनि सुरु भएको छ । त्यसका लागि  के–केसम्म गर्छन भन्ने पनि पछिल्लो दिनमा देखिन थालेको छ ।

त्यसै क्रममा शिवम् सिमेन्टको शेयरमा भएको अस्वाभाविक वृद्धि तथा ओरियन्टल होटलको सेयरलाई हेरे पुग्ने देखिएको छ ।

अनेकन प्रलोभन देखाएर शिवम् सिमेन्टको शेयरमा चलखेल सुरु गरिएको छ । जसका कारण हरेक दिन जसो शिवम् सिमेन्टको शेयरमा सर्किट ब्रेक लाग्ने गरेको छ ।

यस्तै ओरियन्ट होटलको शेयर लगानीकर्ताहरुले होटलले चाँडै नै लगानीकर्तालाई हकप्रद सेयर दिन्छ भन्दै हल्ला चलाएर सेयर मूल्य बढाएका छन् ।

होटलको शाखा उपत्यका बाहिर विस्तार गर्ने र त्यसका लागि बजेट आवश्यक पर्ने भएकोले हकप्रद सेयर जारी गर्ने चर्चा चलाइएको छ । होटल स्रोतका अनुसार अहिले बजारमा चलेको हल्ला जस्तो उपत्यका बाहिर जाने कुनै पनि योजना नै बनेको छैन । अझै एक–दुई वर्ष उपत्यका बाहिर जान नसक्ने भएकाले हकप्रदबाट पैसा उठाउनु आवश्यक नभएको होटल स्रोतको भनाई छ ।

हाल  होटलको स्तरोन्नतीमा लागेको र  त्यसको लागि ऋण लिने प्रकृया पनि सकिएको छ । पहिला एफपीओबाट पुँजी संकलन गरेर स्तरोन्नतीको काम गर्ने कि भनिएपनि एफपीओको प्राइसिङ लगायतका विभिन्न विषयले गर्दा हामीले लोन नै प्रभावकारी हुने भएकोले लोन लिइसकेको बताइन्छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया