१३ गते नेपाल बन्द (विज्ञप्तिसहित)

४ बर्ष अगाडि

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले युवा संगठनका तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेको बिषयलाई भिडन्तको झुटो नाटक नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

आफ्ना नेता तथा कार्यकर्ताको हत्या र दमनको अभियान चलाएको आरोप लगाउदै सामान्य कार्यक्रममा हिडिरहेका युवा संगठनका कार्यकर्ता तिर्थ घिमिरे ‘राजु’लाई नियन्त्रण लिई भिडन्तको झुटो नाटक रची निर्ममतापुर्वक हत्या गरेको भन्दै बिज्ञप्ति मार्फत कडा आक्रोस पोखेका छन् ।

बुधबार एक विज्ञप्ति जारिगरि जेठ १३ गते नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु समेत घोषणा गरेका छन् ।

विप्लब नेकपाले सरकारको यस्तो निकृष्ट हर्कतको सबै मानवअधिकार कर्मी, नागरिक समाज, पत्रकारले डटेर विरोध गर्नुका साथै तीथराज घिमिरेको हत्या घटनाको सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न विज्ञप्तिमार्फत जोडदार माग गरेको छ ।

नेकपाले जनघाती, राष्ट्रघाती, भ्रष्टचारी केपी(पीके सरकारले चलाएको हत्या हिंसाका विरुद्ध पार्टीले प्रतिरोध गर्नुको विकल्प नरहेको भन्दै तत्कालका लागि संघर्षका कार्यक्रम घोषणा गरिएको जनाएको छ । उक्त कार्यक्रमलाई उद्योग व्यावसायी, यातायात कर्मी, शिक्षण संस्थान लगायतका सबैले सहयोग र ऐक्यबद्धता जाहेर गर्नुका साथै सहयोग र समर्थन गर्न हार्दिक अपिलसमेत विज्ञप्तिमार्फत गरेको छ ।

आफ्ना नेता(कार्यकर्ता माथिको दमन, हत्या बिरुद्द नेकपाले देशब्यापी संघर्षका कार्यक्रमहरु पनि सार्बजनिक गरेको छ । नेकपाले यहि जेठ १० र ११ गते भण्डाफोर र कोणसभा गर्ने छ, जेठ १२ गते देशव्यापी मसाल जुलुस गर्ने छ भने जेठ १३ गते नेपाल बन्दको घोषणा गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया