तपाई कसरी हाँस्नुहुन्छ ? हाँस्ने तरिकाबाटै थाहा हुन्छ मान्छेको स्वभाव

४ बर्ष अगाडि

‘जुन काम ठूला ठूला लडाइँले गर्न सक्दैन, त्यो काम तपाईको एक मुस्कानले गर्न सक्छ’ यो भनाइ निकै लोकप्रिय छ । यो मुस्कान हाँसामोमा बद्लियो भने त कुरा नै अर्कै हुन्छ ।

हाँसो एक औषधि हो, जसका धेरै फाइदा छन् । तन–मनलाई निखार्नका लागि हाँसो सबैभन्दा उत्तम थेरापी हो ।तपाईंले आफ्नो वरपर देख्नुभएकै होला केही व्यक्ति यस्ता हुन्छन् जो हरेक कुरामा हाँस्छन् । र कोही यस्ता पनि हुन्छन् जो हाँसो लाग्ने कुरामा पनि मात्र मुस्कुराउँछन् । समुद्रशास्त्रमा व्यक्तिको हाँस्ने तरिकाको आधारमा उसको स्वभावबारे उल्लेख गरिएको छ ।

स्वभाव:

खित्का छाडेर हाँस्ने व्यक्ति
जो व्यक्ति दिल खोलेर अर्थात खित्का छाडेर हाँस्छन्, त्यस्ता व्यक्ति निकै उत्साही प्रवृत्तिका हुन्छन् । त्यस्ता व्यक्तिको बौद्धिक क्षमता पनि सामान्य भन्दा बढी हुन्छ । यस्ता व्यक्ति निकै सहनशील पनि हुन्छन् । उनिहरुको मनमा कुनै पनि प्रकारको छलकपट हुँदैन । यतिमात्र होईन यस्ता व्यक्ति परेको बेला जे पनि सहयोग गर्न तयार हुन्छन् ।

जोड–जोडले आवाज निकालेर हाँस्ने व्यक्ति
कोही व्यक्ति हाँस्दा जोड सँग आवाज निकाल्छन् । जो त्यसरी हाँस्छ त्यस्ता व्यक्ति निकै स्वाभिमानी तथा मेहनती हुन्छन् । प्राय यस्ता व्यक्ति जीवनमा सफल पनि हुन्छन् ।

मन्द मुस्कानसहित हाँस्ने व्यक्ति
जुन व्यक्ति मुसुक्क मुस्कुराएर हाँस्छन् उनीहरु निकै बुद्धिमानी र गम्भीर प्रवृत्तिका हुन्छन् । यस्ता व्यक्ति चाँडो रिसाउँदैनन् । यीनिहरु कठिन समयमा धैर्यताका साथ आफ्नो काम सफल गर्छन् ।

रोकिएर हाँस्ने व्यक्ति 
केही व्यक्तिको बानी रोकिने र हाँस्ने हुन्छ । समुन्द्रशास्त्र अनुसार, यस्ता व्यक्तिको बौद्धिक क्षमता सामान्य हुन्छ । यस्ता व्यक्ति विवेकको सट्टा भावनाले निर्णय लिन्छन् । तर यसरी हाँस्ने व्यक्तिको बचत गर्ने बानी भने विशेष प्रकारको हुन्छ । एजेन्सी

४ बर्ष अगाडि

प्रतिक्रिया