नोबेलको स्वास्थ्य शिविरबाट बर्षमा ४७ हजारको निःशुल्क उपचार

५ बर्ष अगाडि

बिराटनगर, १८ बैशाख । विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिगत एक बर्षको अवधिमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी ४७ हजार विरामीको निःशुल्क उपचार गरेको छ । ०७४ बैशाखदेखि चैतसम्मको अवधिमा सञ्चालित शिविरबाट ४७ हजार ५ सय ८३ बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ ।   
    पूर्वका ८ जिल्लामा शिविर सञ्चालन गरेर २९ हजार ८ सय ७८ महिला र १७ हजार ७ सय ५ पुरुषको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिएका छन् । मोरङ, सुनसरी, झापा, ईलाम, धनकुटा, तेह्रथुम, संखुवासभा र सप्तरीका ६३ स्थानमा शिविर सञ्चालन गरिएको हो । 
    जसमध्ये मोरङमा सवैभन्दा बढी २७ स्थानमा ३९ पटक शिविर सञ्चालन गरिएको नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताएका छन् । उनका अनुसार शिविरबाट बालबालिकादेखि बृद्धबृद्धासम्मले निःशुल्क उपचार पाएका छन् । निःशुल्क शिविरमा मेडिसिन, स्त्रीरोग, बालरोग, नाक कान घाँटी, आँखा रोग, दन्त रोग, हाडजोर्नी तथा नसा रोग, छाला रोग, मानसिक रोग लगायतको उपचार गर्ने गरिएको छ । शिविरमा ल्याव टेष्ट, ईसीजी र भिडियो एक्सरे सेवा पनि निःशुल्क उपलब्ध गराईएको छ ।  
    स्थानीय संघसस्थासँग समन्वय गरेर सञ्चालन गरिदै आएको शिविरमा नोबेलका बिशेषज्ञ डाक्टरहरुले बिरामीको उपचार गर्ने गरेका छन् । स्वास्थ्य उपचारको सहज पहुँच भन्दा बाहिर रहेका बिपन्न बिरामीहरुलाई लक्षित गरी शिविर सञ्चालन गरिदै आएको नोबेल अस्पतालका मार्केटिङ अफिसर सञ्जय मण्डलको भनाई छ । शिविरमा आएका विरामीले गाउँ–घरमै बिशेषज्ञ डाक्टरबाट निःशुल्क उपचार पाउँदा राहत महशुस भएको प्रतिक्रिया दिएका छन् ।   
    यसैवीच नोबेल अस्पतालबाट ०७४ सालमा ५५ हजार ९ सय ५९ विरामीलाई २० करोड ८४ लाख ७१ हजार ९ सय ९० मुल्य बरावरको निःशुल्क उपचार गरिएको छ । योसँगै नोबेलबाट ०७४ सालमा निःशुल्क उपचार पाउँने बिरामीको संख्या १ लाख ३ हजार ५ सय ४२ पुगेको छ । 
फोटो
१) नोबेलको निःशुल्क शिविरमा बिरामीको उपचार गरिदै ।

५ बर्ष अगाडि

प्रतिक्रिया