मेलमिलाप कक्षको स्थापना

४ बर्ष अगाडि

भक्तपुर– जापान सरकारको सहयोगमा भक्तपुर जिल्ला अदालत परिसरमा मेलमिलाप कक्षको स्थापना गरिएको छ ।  शुक्रबार उक्त केन्द्रको नेपालका लागि जापानका राजदूत मासामिची सँगोले उद्घाटन गरेका छन् । 
उद्घाटन समारोहमा बोल्दै राजदूत सँगोेले नेपालका सबै समुदायमा न्यायको पहुँच पु¥याउन जापान सरकारले यस्तो सहयोग जारी राख्ने बताए ।  शहरी जनसंख्या बृद्धि हुँदै गईरहेको वर्तमान समयमा नेपालको संविधान अनुसारको न्याय सबै जनताले प्राप्त सकुन भन्ने धारण राखेका छन् । 

कार्यक्रममा सर्वोच्च अदालत न्यायधिस ईश्वरप्रसाद खतिवडाले समाजमा अपराधका बढ्दै गएकाले मेलमिलाप केन्द्रको आवश्यक रहेको बताए ।  उनले भौतिक पूर्वाधारको कारणले मेलमिलाप गराउन समस्याले हुने गरेकोमा यस्ता पूर्वाधारले सहज हुने विश्वास व्यक्त गरे ।  

जापान सरकारको सहयोगमा काठमाडौं, भक्तपुर र ललितपुरमा मेलमिलाप केन्द्र निर्माण भएको छ ।  भक्तपुरमा जापान सरकारको सहयोगमा २६ लाख रुपैयाँको लागतमा भवन र आवश्यक सहितको मेलमिलाप कक्ष स्थापना भएको भक्तपुर बार एसोशियसनका सचिव किरण न्यौपानेले जानकारी दिएका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया