पाकिस्तानी भारतीय कुटनीतिज्ञको आफ्नो मान्छे भइदिएपछि

५ बर्ष अगाडि
नयाँदिल्ली–पाकिस्थानस्थित इण्डियन हाई कमिसनमा काम गरेकी भारतीय पूर्व कुटनितिज्ञ माधुरी गुप्तालाई शनिबार तीन वर्षको जेल सजाय सुनाइएको छ । 
 उनलाई हाई कमिनमा रहँदा पाकिस्तानको जासुसी संस्था आइएसआईलाई संवेदनशील सूचना दिएको आरोपमा सो सजाय दिइएको हो । 
उनको कार्यले ‘ठूलो सुरक्षा खतरा’ निम्त्याएको भन्दै अतिरिक्त सेशन न्यायाधीश सिद्धार्थ शर्माले माधुरीलाई यस अपराधको लागि दिइने अधिकत्तम सजाय सुनाएका हुन् । 
माधुरीलाई जासुसी र कानुनी रुप सुरक्षीत गर्नुपर्ने सुचना गलत मान्छे वा सस्थालाई दिएको आरोप लगाइएको थियो । 
माधुरीले आफूलाई दिइएको सजाय कम गर्न माग गरेकी थिइन् । यस मागलाई न्यायाधीसले उनी जस्तो शिक्षित मानिसलाई सजाय कम गर्न नसकिने भनेर अस्वीकार गरे । 
माधुरीले आफू जेष्ठ नागरिक भएको, एकल महिला रहेको र परिस्थीतिको फन्दामा परेको कारण देखाएर सजाय कम गर्न माग गरेकी थिइन् ।
सजाय दिइसकेपछि भने अदालतले उनलाई सजाय कम गर्न अपिल गर्न सक्ने अधिकार प्रदान गरेको छ ।
६१ वर्षे गुप्ता सन् २००७ देखि सन् २०१० अप्रिल २२ मा पक्राउ नपरेसम्म इस्लामाबादमा रहेको इण्डीयन हाइ कमिसनमा द्वितीय सचिव(प्रेस तथा सुचना) थिइन् ।
५ बर्ष अगाडि

प्रतिक्रिया