सुनको मूल्य बढ्यो

बुधबार, ०४ भदौ २०७६, २० : १४

काठमाडौं– बुधबार सुनचाँदीको भाउ बढेको छ।  मंगलबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार रु ३०० ले बढेर ७१ हजार ३०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको मूल्य तोलामा ७१ हजारमा कारोबार भएको छ । 

यस्तै चाँदी पनि रु ५ ले बढेर बुधबार तोलामा रु ८३० मा कारोबार भएको महासंघले जनाएको छ ।

बुधबार, ०४ भदौ २०७६, २० : १४

प्रतिक्रिया