महासङ्घमा सिसीटिभी जडान

४ बर्ष अगाडि

अज्ञात समूहले नवनिर्मित भवनमा शृङ्खलाबद्ध आक्रमण गरेपछि नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले क्लोज सर्किट टेलिभिजन ९सिसीटिभी० जडान गरेको छ । घटनाको विषयमा सुरक्षा संयन्त्रलाई जानकारी गराएलगत्तै महासङ्घले आक्रमणकारीको पहिचानका लागि सिसीटिभी जडान गरेको हो ।
 
भवनमा अज्ञात समूहले गरेको तोडफोड घटनाको तत्काल अनुसन्धान अघि बढाउन जिल्ला प्रहरी कार्यालयमा निवेदन दिइएको र आन्तरिकरूपमा आक्रमणकारी पहिचानका लागि सिसी क्यामेरा जडान गरिएको शाखा अध्यक्ष दिल शिरिषले जानकारी दिनुभयो । तत्कालका लागि आठ क्यामेरा जडान गरिएको छ । भवनको बाहिरी आवरणदेखि तेस्रो तलामा रहेको हलसम्म हुने सबै क्रियाकलाप हेर्न मिल्ने गरी क्यामेरा जडान भएका छन््् ।
 
“रातको समयमा कोही नभएको मौकामा निरन्तर प्रहार भएपछि विकल्प खोजिएको हो”, अध्यक्ष शिरिषले भन्नुभयो, “अपराधीको पहिचानका लागि क्यामेराले सहज बनाउनेछ ।” भवन वरपर सरकारी कार्यालय रहेकाले शनिबार र रातको समयमा त्यो क्षेत्र सुनसान रहने गरेको छ । अघिल्लो तीन सातायता महासङ्घको भवनमा शनिबार राति शृङ्खलाबद्धरूपमा आक्रमण भएको थियो ।
 
महासङ्घको निर्माणाधीन सभाहलको जिब्सन बोर्ड, फ्रेम तोडफोड गरिएको छ भने पानीको मोटर, बिजुलीको मिटरबक्स, एमसिपी र इन्टरनेटको तार काटेर टुक्रा–टुक्रा पारिएको छ । पछिल्लो तीन सातायता तार काट्ने र भवनमा तोडफोड गर्ने कार्य निरन्तर भइरहेकाले खोज अनुसन्धानका लागि प्रहरीको ध्यानाकर्षण गराउँदै सिसीटिभी जडान गरिएको शाखाका सचिव राम थापाले बताउनुभयो ।
 
“तोडफोड क्षतिका हिसाबले ठूलो नभए पनि पटक–पटकको घटनाले सामान्य विषयको सङ्केत गर्दैन”, सचिव थापाले भन्नुभयो, “घटनामा संलग्नको पहिचान गरी कानूनी दायरामा ल्याउनुपर्छ भन्ने हाम्रो माग हो ।” महासङ्घले भवन आसपासमा काँडेतारले तारबार गरेको छ । तर, कृषि ज्ञान केन्द्र मातहतको कृषि नर्सरीमा अहिले कर्मचारी नबस्ने भएकाले त्यसतर्फबाट महासङ्घ कार्यालय प्रवेश गर्न सहज हुनसक्ने शाखाको अनुमान छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नवराज भट्टले महासङ्घ भवनमा रातिको समयमा भएको तोडफोड घटनालाई गम्भीरतापूर्वक लिएको बताउनुभयो । शुरुमा सामान्य विषयको रूपमा लिएको तर प्रहरी कार्यालयको नजिकै पटक–पटक दोहोरिएको घटनाको प्रभावकारी खोज अनुसन्धानका लागि टिम परिचालन गर्ने उहाँको भनाइ थियो ।

मगर विद्यार्थी सङ्घको अध्यक्षमा सागर

नेपाल मगर विद्यार्थी सङ्घ बागलुङको अध्यक्षमा सागर नाइसा मगर चयन हुनुभएको छ । शनिबार राति सम्पन्न सङ्घको १०औँ अधिवेशनले मगरको नेतृत्वमा १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सङ्घको उपाध्यक्षमा पर्वत श्रीसमगर, सचिवमा डम्मर बुढामगर, सह–सचिवमा मीना थापामगर र कोषाध्यक्षमा बालकुमारी अर्गेजामगर चयन हुनुभएको छ ।

सङ्घको सदस्यमा बलबहादुर रोका, गोविन्दबहादुर थापा, धनु थापामगर, सन्तोष रेश्मीमगर, इन्द्र घर्तीमगर, भ्रमण श्रीसमगर, निशान थापामगर, मुना घर्तीमगर, रुपा पुर्जामगर, रुपा रानामगर, विष्णु थापामगर र मोहन थापामगर रहनुभएको छ । नेपाल मगर विद्यार्थी सङ्घ बागलुङ विसं २०६३ मा पहिलोपटक गठन भएको थियो । त्यसपछिका चार कार्यकाल प्रत्येक वर्ष अधिवेशन भएको थियो भने विसं २०६९ देखि प्रत्येक कार्यकाल बढाएर दुई वर्ष बनाइएको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया