विराटनगरमा टाटा एच फाइभ सार्वजनिक

भदौ २६, २०७६ | आजको अर्थ
ajaako_artha

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ले प्रिमियम एसयूभी टाटा एच फाइभ गोएल मोटर्स प्रा. लि. मार्फत् विराटनगरमा सार्वजनिक गरेको छ ।

भारतीय बजारमा टाटा ह्यारियर भनिने टाटा एचफाइभको मूल्य नेपाली बजारमा शुरुवाती मूल्य ५६ लाख ५५ हजार रुपैयाँ रहेको छ। ‍क्रियोटेक २।० लिटर टर्बो डिजेल इन्जिनयुक्त टाटा एच फाइभ भारतीय बजारमा चर्चित छ।

एच फाइभमा रहेको इन्जिनले १३८ बिएच पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । टाटा एच फाइभ ल्यान्डरोवरको डि एट प्लेटफर्ममा निर्माण गरिएको गाडी हो।

आकर्षक रहेको टाटा एच फाइभमा पुश बटन स्टार्टस्टप, सेमीडिजिटल इन्स्ट्रूमेन्ट कन्सोल, मल्टीफङ्गसन स्टरिङ, हाइट अजस्टेबल ड्राइभर सीट, अटो क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू रहेका छन्।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२१.९०१२२.५०
European Euro१३२.५९१३३.२४
UK Pound Sterling१५०.७२१५१.४६
Swiss Franc१२५.५३१२६.१५
Australian Dollar७५.३६७५.७३
Canadian Dollar८७.०६८७.४९
Singapore Dollar८५.४३८५.८५