शिवश्री हाइड्रोको साधारण शेयर बिक्री खुल्यो

४ बर्ष अगाडि

काठमाडौं – शिव श्री हाइड्रोपावर जलविद्युत् कम्पनीले आजदेखि सर्वसाधारणको लागि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले छिटोमा असोज २४ गते र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा कात्तिक १५ गतेसम्म निष्काशन गर्न सक्ने छ ।

सर्वसाधारणको लागि रु ३३ करोड ५१ लाखको प्राथमिक शेयर निष्काशन गर्ने छ । न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्मको लागि आवेदन दिन सकिने प्रावधान छ ।

कम्पनीले गत पुसमा प्रभावित क्षेत्रका बासिन्दाको लागि १४ लाख ६७ हजार कित्ता प्राथमिक शेयर निष्काशन गरेको थियो । उक्त शेयर मध्ये प्रभावितले शेयर खरिद गरेको ११ लाख ३६ हजार कित्ता पनि सर्वसाधारणलाई बिक्री गर्ने भएको हो ।

आइपिओ निष्कासनका लागि गरेको क्रेडिट रेटिङ अनुसार ’केयर एनपि आइपिओ ग्रेड ४’ प्राप्त गरेको छ। केयर रेटिङका अनुसार यो रेटिङले कम्पनीको वित्तीय विवरण औसत किसिमको रहेको हुँदा औसत जोखिमको संकेत गर्छ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लामा २२.२ मेगावाट क्षमताको अपर चाकु ए जलविद्युत आयोजना निर्माण गरेको छ । आयोजनाको निर्माण कार्य ९६ प्रतिशत सकिएकोले अन्तिम चरणको निर्माण कार्य भइरहेको कम्पनीले जनाएको छ ।

आयोजना निर्माणको लागि सुरुवातमा रु तीन अर्ब लाग्ने अनुमान गरिएकोमा भूकम्प र जुरेपहिरोको कारणले आयोजना निर्माण कार्य ढिला हुँदा रु ४ अर्ब ५९ करोड पुगेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया