४० तस्बिरमा हेर्नुहोस् सयौँथरी गोदावरी फूल

४ बर्ष अगाडि

“ रोपेर फुल गोदावरी, सजाऔ घर आँगन वरिपरि ” भन्ने नारा सहित १३ औँ सँस्करण गोदावरी फूलको प्रतियोगात्मक प्रदर्शनी हिजोबाट ललितपुरको जाबलाखेलमा सुरुवात भएको छ । 

२०५३ बाट सुरुभएको प्रदर्शनी प्रत्येक बर्ष तिहारको आसपासमा सँचालन गरिदै आएको छ । नेपालीहरुको महत्वपुर्ण पर्व तिहारमा घर आँगन तथा स्वागत सत्कारमा विशेष प्रयोग हुने गोदाबरी फूलको व्यवसाय प्रवद्र्धन गर्ने उदश्यका साथ यो मेला आयोजना गरिएको आयोजक फ्लोरिकल्चल एसासियसन नेपालले जनाएको छ ।
गोदावरी पुष्प प्रतियोगीतात्मक प्रदर्शनीको उदेश्य मुख्यतय पुष्प व्यबसायीलाई व्यबसाय प्रवद्धन गर्न हौसला प्रदान गनुका साथै व्यबसायीबिच प्रतिस्पर्धात्मक भाबनाको बिकास गरि गुणस्तरिय उत्पादनमा टेवा पुर्याउने रहेको पनि फ्लारिकल्चर एशोसिएसन नेपालजनाएको छ । 

मेलामा व्यवसायिक स्टल ४४ ओटा, सुचनामुलक ४ ओटा र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित ४९ ओटा प्रर्दशनी स्टल रहने कार्यक्रम सँयोजक जे बि तामाङले जानकारी दिए । उनका अनुसार अनुमानित ३५ हजार भन्दा बढिले   प्रदर्शनीमा सहभागीता जनाउने र अनुमानित ५० लाख भन्दा बढिको कारोवार गर्ने लक्ष्य राखिएको पनि बताए ।
प्रदर्शनीमा बिभिन्न जातका गोदावरी फूलका अलावा यस सिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य फूल बिरुवाहरु समेत समावेस गरिएको छ । 
प्रर्दशनी आगामी ४ गतेसम्म सँचालन गरिने छ ।
हेर्नुहोस् तस्बिरमा फुलहरु


ajakoartha.com

४ बर्ष अगाडि

प्रतिक्रिया