नेकपाका विभाग र जनवर्गीय संगठन अझै अपूर्ण

४ बर्ष अगाडि

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विभाग तथा जनवर्गीय संगठनले लामो समयदेखि पूर्णता नपाउँदा ती लथालिंग बनेका छन् ।

 तत्कालीन एमाले र माओवादी केन्द्रबीचमा ३ जेठ २०७५ मा पार्टी एकता भएको थियो । दुई ठूला कम्युनिस्ट पार्टीबीच एकीकरण भएको १८ महिना बित्दा समेत एकताको सबै काम पूर्ण रूपमा टुंगो नलाग्दा उसका विभाग तथा जनवर्गीय संगठन निष्क्रिय बनेका हुन् ।
नेकपा सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठले एकताको सबै काम एक साताभित्रैमा टुंगो लाग्ने र सबै विभाग र जनवर्गीय संगठन सक्रिय हुने बताए । ‘एकताको सबै काम एक साताभित्रैमा टुंगो लगाएर देशैभर दुई चरणको अभियान सुरु गर्ने तयारी छ,’ उनले भने ।राजधानी दैनिकमा खबर छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया