अचम्मको बाइक जसमा १० जना बस्न मिल्छ

कात्तिक ९, २०७६ | आजको अर्थ
ajaako_artha

एजेन्सी – एउटा बाइकमा कतिजना वस्न सक्छन् ? दुइ, तीन या धेरैमा पाँच । यद्यपि एकसाथ १० जना वस्न सक्ने बाइक पनि प्रचलनमा छ । वस्न मात्र होइन, यसमा १० जना आरामले वसेर कुदाउन सकिन्छ । दुइ एवं एक सिटयुक्त बाइक देखिरहेका हामीलाई उक्त १० सिट क्षमताको बाइक नौलो लाग्न सक्छ । कतिपयले त यस्तो कल्पना पनि गरेका छैनन् होला ।

तर, आम कल्पना वाहिरको यो कुरालाई सम्भव वनाए, स्टिभ हापिन्सले । हो, स्टिभले विश्वको सवैभन्दा पुरानो मोटरसाइल ब्रान्ड हार्ले डेभिडसन बाइकलाई आश्चर्यजनक रुप दिएका छन् । स्टिभले यस बाइकमा एक या दुइ होइन, १० सिटको प्रयोग गरेका छन् । यी १० सिटमा मानिसहरु सजिलै वसेर यात्राको मज्जा लिन सक्छन् ।

यो हेर्नमा पनि आकर्षक छ । यसको उत्कृष्ट इन्जिन क्षमताले पनि सवैको मन लोभ्याउन सक्छ । १० सिट भएको कारण यो बाइक तुलनात्मक रुपमा निकै लामो छ । एक जानकारी अनुसार स्टिभले आफ्नो यो असाधरण बाइकलाई जर्मनीमा सम्पन्न एसेन मोटर शोमा सवैको सामु प्रस्तुत गरेका थिए । खासगरी यो बाइक हार्ले डेभिडसनको ऐतिहासिक सफलता प्रदर्शन गर्नका लागि वनाइएको हो ।

यो बाइक लामो भएपनि सहज रुपमा सञ्चालन होस् भन्ने हेतुले यसमा कुल ७ इन्जिन प्रयोग गरिएको छ । यसमा प्रयोग भएका सवै ७ इन्जिन चलाउन सकिन्छ । तर, लामो दुरीको यात्राका लागि यो सम्भव छैन । यदि लामो यात्रामा यी ७ इन्जिन चलायो भने त्यो तातिने खतरा रहन्छ । हार्ले डेभिडसनको यो बाइकमा दमदार टायर र फ्रन्ट डिस्क ब्रेक प्रयोग गरिएको छ, जसले बाइकलाई उत्कृष्ट र सन्तुलित गति प्रदान गर्छ । यो बाइकको निर्माण पछि स्टिभ एकदमै उत्साहित छन् ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८