धितोपत्र बोर्डको अध्यक्ष बन्न को कति अब्बल ? सबै दाबेदार नेकपा निकट

४ बर्ष अगाडि

कामचलाउ नेतृत्व पाएको नेपाल धितोपत्र बोर्डमा अब  अध्यक्ष कसलाई बनाउने भन्ने दैडधुप सुरु भएको छ ।

बोर्डको नयाँ अध्यक्ष नियुक्तिका लागी समिती गठन गरेसँगै अध्यक्ष बन्न र बनाउनका लागि दौडधूप शुरु भएको हो । निवर्तमान अध्यक्ष डा.रेवतकुमार कार्कीले गत असोज ४ गते अवकाश पाएसँगै बोर्ड नेतृत्वविहिन छ । अर्थ मन्त्रालयले कार्यकारी निर्देशक परिष्ठनाथ पौडेललाई  दैनिक कार्यसञ्चालनको जिम्मेवारी मात्र दिएपछि  लगानीकर्ताले वास्तविक अध्यक्ष चाहियो भन्दै चैतर्फी दबाब दिएका थिए। 

त्यसपछि सरकारले अध्यक्ष नियुक्तिका लागी गत बुधबार राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको संयोजकत्वमा अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुङगाना र नेपाली चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको अध्यक्ष कृष्ण प्रसाद आचार्य सहितको तिन सदस्य समिति गठन गरेको छ ।

समिति गठन सँगै खुला प्रतिस्पर्धाबाट कार्यकारी अध्यक्ष चयन गरिने बोर्डको नेतृत्वका लागी आकांक्षीहरुको  राजनीतिक जोड घटाउ शुरु भएको हो । अब उक्त समितिले आकांक्षीहरु सँग आबेदन माग्ने छ र उक्त आकांक्षी मध्यबाट ३ जनाको नाम सिफारीस गरि ती तिन मध्यबाट मन्त्रिपरिषद्ले बोर्डको अध्यक्ष नियुक्ती गर्नेछ ।

बोर्डको अध्यक्ष बन्नलाई स्नातकोत्तर तह सकेर  धितोपत्र बजार व्यवस्थापन र पुँची बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य,  व्यवस्थापन वा कानुनी क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेको हुनु पर्ने छ ।बोर्डको अध्यक्षका दाबेदारका रुपमा  भिष्मराज ढुंगाना, बासुदेव अधिकारी, टंक पनेरु र निल सारु मगरको चर्चा छ ।  

को कति अब्बल ? 

अध्यक्ष पदका लागी प्रमुख दाबेदारका रुपमा रहेको भीष्मराज ढुंगाना हाल (सेबोन) का विज्ञ सदस्य हुन । अर्थमन्त्री डा। युवराज खतिवडाका निकट मानिने ढुंगानालाई  राष्ट्रपति विद्यादेवी भण्डारीको समेत समर्थन रहेको बताइन्छ। 

यस अघीनै नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक भईसकेका ढुंगानालाई भदौको पहिलो साता 
अर्थमन्त्री खतिवडाले बोर्डको विज्ञ सदस्यमा नियुक्त गरेका थिए ।

श्रोतका अनुसार मन्त्री खतिवडाले ढुङगानालाई अध्यक्ष बनाउन बिज्ञ सदस्य बनाएर भित्र्याएका हुन् । राष्ट्र बैंकको विदेशी विनिमय विभाग प्रमुख समेत भई सकेका  ढुङगानालाई नेकपा अध्यक्ष प्रचण्डको समेत सहयोग मिल्ने बताइएको छ ।

त्यस्तै अर्का दाबेदारका रुपमा नेपाल स्टक एक्सचेन्जका पूर्वअध्यक्ष टंक पनेरू रहेका छन् । झापाका पनेरु प्रधानमन्त्री केपी ओली निकटका मानिन्छन् । जानकारका अनुसार पनेरु सयेरबजार बारे धेरै बुझेका भएकाले उनलाई नै बोर्डको अध्यक्ष बनाउने पक्षमा प्रधानमन्त्री रहेका छन् । 

अर्का दाबेदारका रुपमा पूर्व विज्ञ सदस्य निलबहादुर सारु मगरलाई पनि हेरीएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलको निकट रहेका मगर पाल्पाका हुन ।

नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारीको नाम पनि धितोपत्र बोर्डको अध्यक्षको लागि चर्चामा छ । अधिकारी नेपाल को बैंक तथा वित्तीय संस्था नियमन विभागको निर्देशक, विदेशी विनिमय विभाग, आन्तरिक लेखा परीक्षण र फाइनान्स कम्पनी सुपरिवेक्षण विभागको समेत जिम्मेवारी सम्हाली सकेका व्यक्ति हुन् । 

तर जानकारका अनुसार अध्यक्षमा उनको नाम र्चामा रहे पनि उनी प्रतिस्पर्धाबाट बाहिरीइसकेका छन् ।अब बन्ने अध्यक्षको लागि विगत ४ वर्ष देखी निरन्तर ओरालो लागेको सेयर बजारमा लगानीकर्ताको पूँजीबजार प्रतिको विश्वाश बढउने चुनौती छ । 

तर राजनीतिक चलखेलका कारण त्यस्तो योग्य अध्यक्ष आउन नसक्ने भन्दै लगानीकर्ताहरुले नियुक्ति प्रक्रियामा हुनसक्ने चलखेलमा सचेत रहन अर्थमन्त्रालयलाई दबाब दिइरहेका छन् । यो अवस्थामा सरकारले अध्यक्ष  नियुक्ति प्रक्रियामा कस्तो कदम चाल्छ सबै लगानीकर्ताको चासोको विषय बनेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया