११३ रनले नेपाल पराजित

कात्तिक २३, २०७६ | आजको अर्थ
ajaako_artha


टी-२० क्रिकेटमा नेपाल भ्रमणकारी टोली मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग ११३ रनको फराकिलो अन्तरले पराजित भएको छ । यससँगै उसले नेपाल भ्रमणको सुखद अन्त्य गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा रोहितकुमार पौडेलको कप्तानमा मैदान उत्रिएको नेपाल ब्याटिङ र बलिङ दुबैमा कजोर देखियो ।

एमसीसीले दिएको १९० रनको लक्ष्य पछ्याएको नेपालले १३।१ ओभरमा ७६ रन बनाउँदा सबै विकेट गुमायो । नेपालका लागि राशिद खानले सर्वाधिक १८ रन बनाए । त्यस्तै सन्दीप जोराले १६ रन बनाउँदा भीम शार्कीले १३ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको एमसीसीले २० ओभरमा ७ विकेट गुमाएर १८९ रन बनाएको थियो । उसका लागि विल्ली गोड्लम्यानले सर्वाधिक ५४ रन बनाउँदा एबडी योङले ४२ रन बनाए ।

बलिङतर्फ नेपालका राशिद खानले तीन विकेट लिए ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.०४११४.६४
European Euro१२५.७११२६.३७
UK Pound Sterling१४६.३३१४७.१०
Swiss Franc११४.६०११५.२०
Australian Dollar७७.९८७८.३९
Canadian Dollar८६.०६८६.५१
Singapore Dollar८३.७६८४.२०