ओली–प्रचण्डबीच छलफल, मंगलबार सचिवालय बैठक

४ बर्ष अगाडि

काठमाडौँ– सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक मंगलबार बस्ने भएको छ ।  आइतबार अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको वान टु वान वार्तापछि मंगलबार सचिवालय बैठक बोलाउने समय तय गरिएको हो ।

सचिवालय बैठकमा पार्टी एकताका बाँकी काम टुंग्याउने विषयमा छलफल हुने बताइएको छ । त्यस्तै दुई अध्यक्षबीचको आइतबारको छलफलमा केही नियुक्तिका बारेमा समेत कुराकानी भएको बुझिएको छ । 

पार्टी एकता अन्र्तगत अनुशासन आयोग, निर्वाचन आयोग ,लेखा आयोग र केन्द्रीय सल्लाहकार परिषद्को नेतृत्व चयन गर्न बाँकी छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया