अफगानिस्तानमा दुई दर्जन लडाकू मारिए

४ बर्ष अगाडि

विगत २४ घण्टाको अवधिमा अफगान सरकारी फौजको कारवाहीमा विद्रोही तालिबान समूहका २४ जना लडाकूको मृत्यु भएको अफगान सेनाले जनाएको छ । 

सेनाले जारी गरेको विज्ञप्तिमा अफगानिस्तानको केही प्रान्तहरुमा गरिएको सैन्य कारवाहीका क्रममा ती लडाकूहरु मारिएका उल्लेख गरिएको छ  ।

सोमबार गरिएको यस सैन्य कारवाहीका क्रममा अरु थुप्रै तालिबान लडाकू घाइते भएका सेनाले दाबी गरेको छ ।

अफगानिस्तानको लोगाड, कुन्दुज र हेलमाण्ड प्रान्तमा सो सैन्य कारबाही गरिएको प्रान्तीय सरकारका प्रवक्ता एस्तामुल्लाह मुराडीले बताएका छन्् ।

सरकारी भनाइको प्रतिवाद गर्दै तालिबानका प्रवक्ता जबिहुल्लाह मजाहिदले विगत २४ घण्टाको अवधिमा मुलुकभर दर्जनौं सुरक्षाकर्मी मारिएको दाबी गरेका छन् ।

उता, पूर्वी नान्गरहर प्रान्तको अचिन जिल्लामा सुरक्षा फौज समक्ष ३१ जना इस्लामिक स्टेटका लडाकूहरुले आत्मसमर्पण गरेको प्रान्तीय सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
    
अफगानिस्तानमा युद्धरत विभिन्न पक्षले सशस्त्र भिडन्तका क्रममा मृत्यु भएका व्यक्तिका सम्बन्धमा बढाइ चढाइ गर्ने गरेको स्वतन्त्र अनुगमनकर्ताहरुको भनाइ छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया