साग–बङ्गलादेशद्वारा भूटान पराजित

४ बर्ष अगाडि

राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आज भएको पुरुष क्रिकेट खेलमा बङ्गलादेशले भूटानलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा बङ्गलादेशले भूटानलाई १० विकेटले पराजित गर्दै विजयी भयो । यस जीतसँगै बङ्गलादेशले शीर्ष ४ अङ्क जोडेको छ । 

भूटानले दिएको ७० रनको लक्ष्य बङ्गलादेशले ६ दशमलव ५ ओभरमा कुनै पनि विकेट नगुमाई भेट्टायो । बङ्गलादेशको जीतमा सौम्य सरकारले अविजित ५० तथा मोहम्मद नइमले १६ रनको योगदान दिए । 

त्यसअघि पहिला ब्याटिङ गरेको भूटानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ६९ रन जोडेको थियो । उसका लागि तेन्जिङ वान्चुकले सर्वाधिक १५ रन जोडे भने जिग्मे सिङ्गेले १३ तथा जिग्मे दोर्जीले १२ रन बनाएका थिए । त्यसबाहेक भूटानका अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । बलिङतर्फ बङ्गलादेशका मनिक खानले २ विकेट लिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया