‘टीभीएस एनटर्क १२५’ रेस एडिसन सार्वजनिक, यस्ता छन् विशेषता

४ बर्ष अगाडि

टीभीएस मोटर कम्पनी, २ पांग्रे र ३ पांग्रे गाडीका लागि प्रतिष्ठित निर्माताले टीभीएस एनटर्क १२५ रेस एडिसन सार्वजनिक गरेको छ ।

रेस एडिसनमा एलइडी डीआरएल र एलइडी हेडल्याम्प रहेको छ । यसमा हजार्ड ल्याम्प अर्थात् आकस्मिक बत्ती पनि छ, जुन रातो रंगको हजार्ड स्वीचद्वारा इनेबल गर्न सकिन्छ ।

स्कुटरमा भाइब्रेन्ट चेकर्ड फ्ल्याग ग्राफिकसँगै ‘रेस इडिसन’ले टीभीएसको रेसिङ पेडिग्रीलाई झल्काउछ । यो स्कुटर शानदार तीन संयोजन– म्याट ब्ल्याक, मेटालिक ब्ल्याक र मेटालिक रेड रंगमा उपलब्ध रहेको छ ।

टीभीएस मोटर कम्पनीका, इन्टरनेशनल बिजनेश, एक्जुकेटिभ भाइस–प्रेसिडेन्ट आर दीलिपले भने, ‘टीभीएस एनटर्क १२५ सार्वजनिक गरेको दिनदेखि नै नेपालमा यसको जेन जेड ग्राहकहरुमाँझ निकै लोकप्रिय बन्न पुगेको छ । यसको आकर्षक एपिरियन्स र टीभीएस स्मार्ट एक्सकनेक्ट विशेषता बाहेक, यसको प्रदर्शन टीभीएस एनटर्क १२५ को हलमार्क बनेको छ । यो स्कुटर टीभीएस रेसिंगको ३७ वर्षको समृद्ध पेडीग्रीबाट निर्माण गरिएको हो र यसलाई मनाउनका लागि रेस एडिसन सार्वजनिक गरिएको हो । विश्वभर आज हामीसँग एनटर्कमा करिब ४ लाख भन्दा बढि गौरवान्वित युवा उपभोक्ताहरु छन् र यो सार्वजनिकसँगै अझ बढी ग्राहकहरू विकास गर्ने कुरामा हामी विश्वस्त छौं ।’

४ बर्ष अगाडि

प्रतिक्रिया