नेप्से दोहोरो अंकले बढ्यो, कारोबार रकम भने ओरालो

४ बर्ष अगाडि

आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अंकले बढे्को छ । 

साताको सुरुवात कै दिनबाट दोहोरो अंकले उकालो लागेको नेप्से हिजो मंगलबार भने केही अंकले घट्न पुगेको थियो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से २०.८५ अंकले बढे्को हो । त्यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.६८ अंकले उकालो लागेको छ ।

कारोबारको सुरुमा केही अंकले मात्र माथी देखीएको परिसूचक कारोबारको अन्तिम समयमा २० अंकको हारहारीमा पुगेर बन्द भएको हो ।

आज १२६३.३३ को बिन्दुबाट शुरु भएको कारोबार अन्तिम समय सम्म आउदाँ  १२८४.२३ बिन्दुमा पुगेको छ ।  

आज ११ बजे १२६३.३३ बिन्दुबाट शेयर कारोबार शुरु भएको थियो भने   ३ बजे सम्म आउँदा त्यो परीसुचक १.६५  प्रतिशतले बढेको छ। 

उता हिजोको तुलानामा नेप्से परिसूचक अत्याधिक रुपमा बढे्  पनि कारोबार रकम भने घटे्को छ ।

हिजो ३७ लाख ६६ हजार कित्ता शेयर १ अर्ब २ करोड ६४ लाख रुपैयाँ बराबरमा किनबेच भएको थियो भने आज १७७ कम्पनीको ३० लाख ५५ हजार ५५ हजार शेयर किनबेच हुदाँँ ९० करोड ४८ लाख १३ हजार बराबरको कारोबार भएको छ ।

त्यस्तै, नेप्सेका अनुसार आज कारोवार भएका कूल १२ उपसमूहमा ९ उपसमूहहरु उकालो लागेका छन् भने ३ उपसमूह ओरालो लागेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया