हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

४ बर्ष अगाडि

कालीकोट जिल्ला नरहरिनाथ गाउँपालिका–७ कि २० वर्षीया शान्तिकुमारी बुढाको स्थानीय स्वास्थ्यचौकीमा सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ । 

बिहीबार बेलुका सुत्केरी ब्यथाले थलिएकी बुढाको स्थानीय स्वास्थ्यचौकीमा सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको हो ।
    
स्वास्थचौकी माल्कोटमा अनमी रहेकी बुढाको जिल्लामा उपचार हुन नसकेपछि थप उपचार सुर्खेतमा लगिएको कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपालीले बताए ।

 “जिल्लामा सुत्केरी गराउन असम्भव भएपछि सुर्खेतमा लगिएको छ” उनले भने, “सरकारी तबरबाट नै पहल भएर हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।”
 

४ बर्ष अगाडि

प्रतिक्रिया