ब्रुमर सफा गर्दै, टिपर धूलो झार्दै

४ बर्ष अगाडि

काठमाडौँ। राजधानी काठमाडौँका सडकको धूलो सफा गर्न हरेक रात पाँच वटा ब्रुमर परिचालन गरिन्छन् । साँझ ८ बजेबाट सुरु हुने सरसफाइबाट केही मुख्य सडक चिल्ला र रहर लाग्दा भएका पनि छन् तर निर्माण सामग्री ओसारपसार हुने क्षेत्रका सडकको हविगत भने सफा गरेकै केही बेरमा फोहोर हुने गरेको छ ।
काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोल बालुवा, गिटी, ढुङ्गा सहितका निर्माण सामग्री बोक्ने टिपर र ब्रुमरको सफाइको प्रतिस्पर्धा रातमा चल्ने गर्छ । एउटा टिपरले झार्दै गरेको धूलो सफा गर्दै ब्रुमर अगाडि बढ्छ, पछाडि आइरहेको अर्को टिपरले धूलो झार्दै आउँछ भन्नुहुन्छ । मुख्य नाकाका सडकबाट सुरु हुने यो प्रतिस्पर्धा राजधानीको मुटुसम्म रातमा रहनेगर्छ, जसका कारण काठमाडौँ महानगरपालिकाले धूलो सफा गर्न लिएको जिम्मेवारीमाथि नागरिकको आलोचना र टिप्पणी बढेको उहाँ बताउनुहुन्छ । काठमाडौँ महानगर भएर गुड्ने टिपरको सङ्ख्या तीनदेखि चार सय छ । गोरखापत्रमा खबर छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया