यी हुन मापदण्ड बिपरितका १८ पट्रोल पम्प, साझाको पम्पको समेत मापदण्ड नपुगेको खुलासा

४ बर्ष अगाडि

काठमाडौं – काठमाडौं उपत्यकामा १८ पेट्रोल पम्प तोकिएको मापदण्ड विपरित सञ्चालनमा भएको पाइएको छ । साझा पट्रोल पम्प समेत मापदण्ड विवरित भएको पाइएको छ । 
कलंकी, ज्वालाखेल, चापागाउँ लगायतका ठाउँमा अधिकांश पेट्रोल पम्म तोकिएको मापदण्ड विपरित सञ्चालन रहेको नेपाल आयाल निगमले  बताएको छ ।
सडकपेटीको छेउमा, घरहरुको नजिक पम्प सञ्चालन गर्न पाइदैन । साथै, त्यसको वरीपरि आगो जन्य बस्तु (चुरोट जस्ता बस्तु) प्रयोग गर्न पाइदैन । तर, काठमाडौंमा अधिकाश पेट्रोल पम्प त्यस्ता छन् । 
पट्रोल पम्प अत्यन्त जोखिम युक्त मानिन्छ । यदि, कसैगरी आगलागी भयो भने त्यस वरपरका बस्ती नै धवस्त हुने सम्भावना रहन्छ । तसर्थ, सुरक्षा दृष्टिकोणले पेट्रोल पम्प अत्यन्त सम्बेदनशिल छ । त्यसैले यो सञ्चालनको लागि निगमले मापदण्ड तय गरेको छ । तर, अधिकांश सञ्चालकले त्यो पालना गरेका छैनन् ।  
यसरी १८ पम्पले मापदण्ड पालना नगरेपछि निमगले हालै उनीहरुलाई पत्र काटेको छ । बिहीबार पत्र काट्दै १५ दिन मित्र पम्प स्थानान्तरणको कार्ययोजना पेश गर्न निगमले निर्देशन पनि दिउको छ । उनीहरुले गर्दा ट्राफिक व्यवस्था पनिमा पनि समस्या भएको निगमको भनाइ छ । 
प्रधानमन्त्री कार्यलयको इनीशेसनमा नै यसतो कदम उठाइएको निगमले बताएको छ । प्रधानमन्त्री कार्यलयबाट पुस २९ मा नै पत्र आएको थियो । 

यी हुन मापदण्ड विवरीतका पेट्रोल पम्प
 १. बज्रवाराही पट्रोल पम्प, चापागाउँ
२. बालकुमारी पेट्रोल पम्प, चापागाउँ
३. टीकाभैरव डिजेर स्टो, चापागाउँ
४ं कनक पेट्रोल पम्प, कालीमाटि
५. कोत थुकु पट्रोल पम्प, बालाजु
६. जयन्ती पट्रोल पम्प, थापाथली
७. बाबा पट्रोल पम्प, कलंकी
८. श्यामा पेट्रोल पम्प, कलंकी
९. त्रिशूल पेट्रोल पम्प, कलंकी
१०. भ्याली रिकशे पेट्रोल पम्प, कोटेश्वर
११. कामाख्या पट्रोल पम्प, कोटेश्वर
१२. जुबी पेट्रोल पम्प, बौद्ध
१३. बराल पेट्रोल पम्प, बौद्ध
१४. साझा पट्रोल पम्प, जावलाखेल
१५ं एजपी इन्टरनेसनल, जावलाखेल 
१६. गायत्री पेट्रोल पम्प, जावलाखेल
१७. सीता पेट्रोल पम्प, महाराजगन्ज
१८. मायाराम भोलाराम पट्रोल पम्प, थापाथली

नेपालमा करिबले १२०० पेट्रोल पम्प छन् । त्यसमा बाग्मतीमा अञ्चलमा मात्र १७२ छन् । साथै, उपत्यका मात्र ११७ पम्प रहेको बताइन्छ । त्यस मध्ये अधिकांश मापदण्ड विवरीत रहेको निगमको भनाइ छ ।
यस बिषयमा आवश्यक अनुसन्धान गर्न १०७४ पुसमा गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीको संयोजकत्वमा समिति बनेको थियो । उक्त समितिले असुरक्षित पम्प अन्य स्थानान्तरण गर्न सुझाएको थियो । तर, अहिले सम्म त्यसको कुनै काम हुन सकेको थिएन ।

४ बर्ष अगाडि

प्रतिक्रिया