सुनको मुल्यमा नयाँ कीर्तिमान: ८० हजार ३०० मा कारोबार

४ बर्ष अगाडि

पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ। आज छापावाला सुनको मूल्यले ८०  हजार ३ सयमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको छ।

आइतबार  प्रतितोला ७८ हजार ८ सय पुगेर नयाँ रर्कड बनाएको सुनको मूल्यले आज सोमवार  एकैदिन १५ सयले बढेर फेरि अर्को रेकर्ड बनाएको हो।

त्यसैगरी, तेजाबी सुनको मूल्य८० हजार  कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

भने चाँदी  आइतबारको तुलनामा ५ रुपैयाले बढेर  प्रतितोला ९ सय २५ रुपैयाँमा कायम भएको छ । अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया