प्रधानमन्त्रीेले केकमा काटेको देश जोड्न यी गायिकाले खर्चिइन् लाखौ रकम (भिडियो सहित)

४ बर्ष अगाडि

काठमाडौँ।प्रधानमन्त्री केपी शर्मा ओलीले ६९ औँ जन्मोत्सव नेपालको नक्सा आकारको १५ किलोको केक काटेर मनाए । जसको आम नागरिकले चर्को आलोचना र बिरोध गरेका छन् ।

 
तर ठ्याक्कै यही समयमा अधिवक्ता तथा गायिका शितल पाण्डयेले लाखौ रकम खर्च गरेर नेपालको नक्सा काटेर टुक्राउने होइन् कालापानी र लिपुलेक सहितको नक्सा जोडेर राष्टिय गित बजारमा ल्याएकी छिन् । 
प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिनमा नेपालको नक्सा आकारको केट काटिरहदाँ गायिका पाण्डेयले भने आफ्नो गित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष कसरी पुग्नसक्छ भनेर छलफल गरिरहेकी थिइन्

। जब प्रधानमन्त्रीले ६९  औँजन्मोत्सवका अवसरमा नेपालको नक्सा आकारको केक काटेर मनाएको फोटो भाइरल भयो त्यसपछि भने उनको मुटु छियाछिया भयो । 

 पाण्डे भन्छिन् : हामी नागरिकहरु देशको सिमा मिचियो,जोगाउने कसरी भनेर लाखौ खर्चिन्छौँ,रातदिन नसुतेर देश जोगाउने कसरी भन्छौँ तर प्रधानमन्त्री भने केकमा देश काटेर खाइदिन्छन्, सारै चित्त दुख्ने रहेछ । 
 

 

 

४ बर्ष अगाडि

प्रतिक्रिया