हुन्डाइले ल्यायो ३१० किलोमिटर माईलेज दिने विद्युतीय कार

४ बर्ष अगाडि

हुन्डाइले एक पटक चार्ज गरेपछि ३ सय १० किलोमिटर माइलेज दिने विद्युतीय कार आयोनिकको नयाँ मोडल नेपाली बजारमा ल्याएको छ । 

यसअघिको मोडलमा प्रयोग गरिएको व्याट्री प्याक परिवर्तन गरि पहिला भन्दा १०० किलोमिटर बढी माइलेज दिने नयाँ मोडल बजारमा ल्याएको हो । 

हुन्डाई मोटर्सको नेपालको आधिकारीक बिक्रेता कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टल्सले ल्याएको नयाँ मोडलमा यसअघिको मोडलमा प्रयोग गरिएको २८ किलोवाटको व्याट्रीप्याक ३३ प्रतिशतले बढाएर ३८.३ किलोवाट पु¥याइएको छ । 

कम्पनीका अनुसार यसअघि ५१ लाख ९६ हजार रूपैयाँ पर्ने  कारको मूल्य अहिले ५५ लाख ९६ हजार रुपैयाँ पर्ने छ । 

उक्त कारको व्याट्री चार्जिङ्ग स्टेशनमा ५४ मिनेटमा  र घरमै ६ घन्टा ५ मिनेटमा चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । 

यसअघि ८८ किलोवाटको मोटर प्रयोग गरिएकोमा  कारको फेसलिफ्ट मोडलमा १०० किलोवाटको मोटर प्रयोग गरिएकोले पुरानोभन्दा निकै पावरफुल रहेको कम्पनीको दावी छ । १३४ बीएच पावर र २९५ एनएम टर्क प्रदान गर्ने जनाइएको कारमा सबै लाइटहरु एलइडी प्रयोग गरिएको जनाइएको छ । 

कारमा १६ इन्चको अलोय ह्वीलका साथै वायरलेस फोन चार्जिङ, डिउल जोन क्लाइमेट कन्ट्रोल, प्रिमियम सिट, भ्यान्टीलेटेड, हिटेड र इलेक्ट्रीकल्ली एड्जस्टेवल सिट, सबैतिर पार्किङ सेन्सर जस्ता फिचर उपलब्ध रहेको जनाइएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया