नेपालमा पहिलो पटक अनलाइन रेमिटेन्स

आइतबार, १८ फागुन २०७६, १७ : ४९

नेपालमै पहिलो पटक अनलाइन बाटै रेमिटेन्स गर्न मिल्ने भएको छ । खल्ती वालेट र नेपाल रेमिट बिच खल्ती एप बाटै मनि ट्रान्सफर सेवा प्रदान गर्ने सम्झौता भएको छ।

विगत १५ वर्षदेखि निरन्तर अतुलनीय सेवा दिदै आइरहेको नेपाल रेमिट र डिजिटल वालेट खल्ती बिच भएको सम्झौता अनुसार आज बाट नै खल्ती एपको प्रयोगकर्ताहरुले एपको गरि मिनेट भरमै नेपाल भर जुनसुकै ठाउँमा, सस्तो दरमा, सुरक्षित रुपमा पैसा पठाउन सक्नेछन् । 

साथै आगामी दिनहरूमा नेपाल रेमिटको देशै भर छरिएर रहेको ७५०० भन्दा बढी एजेन्टहरुको अफिस बाट खल्ती वालेट लोड गर्न सकिने, विश्वको कुनै पनि कुना बाट नेपाल रेमिट मार्फत आएको पैसा खल्ती एपकै प्रयोग गरि निकाल्न तथा बैंकमा जम्मा गर्न सकिने प्रविधि पनि सुरु   गर्ने तयारी रहेको साथै प्रविधिको व्यापक प्रयोग गरि रेमिटेन्स सेवालाई सस्तो, सुरक्षित, र छिटोछरितो बनाउने अभियानमा नेपाल रेमिट रहेको  नेपाल रेमिटका प्रविधी विशेषज्ञ बसन्त भुसालले जानकारी दिए।

आइतबार, १८ फागुन २०७६, १७ : ४९

प्रतिक्रिया