खेतीपाती र गाइवस्तु चराउन नरोक्नुस : स्वास्थ्य मन्त्रालय

४ बर्ष अगाडि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लकडाउनको समयमा पनि आफू सुरक्षित भएर खेतिपाती र पशुपंक्षी पालनको काम गर्न किसानहरुलाई आग्रह गरेको छ । 

किसानहरुले स्वास्थ्य मन्त्रालयमा फोन गरेर यो समयमा खेतीपाती गर्न र गाइवस्तु चराउन हुने कि नहुने भनेर प्रश्न सोधेको भन्दै उनले सुरक्षित भएर काम गर्न सकिने भन्ने जिज्ञासा राखेपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो । 

‘यो बेला आलु टिप्ने, गाइवस्तु चराउने, खेतिपाती गर्ने काम गर्न हुन्छ कि हुँदैन भनेर फोनमा सोध्नुभएको छ’, मन्त्रालयका विज्ञ सल्लाहकार डा.खेम कार्कीले भने, ‘सामाजिक दुरी कायम गरेर काम गर्न हुन्छ । विदेशबाट आएको र ज्वरो आएको छ भने क्वारेण्टाइनमा बस्ने हो ।’
 
उनले गाउँमा भय र त्रास पालेर नबस्न र निर्धक्क भएर सुरक्षित रहन पनि आग्रह गरे । 

४ बर्ष अगाडि

प्रतिक्रिया