अर्थ मन्त्रालय र चेम्बर बीच छलफल, चेम्बरले राख्यो यस्तो माग

३ बर्ष अगाडि

काठमाडौं – बिद्यमान कोभिड(१९को प्रकोपका कारण बिगत ९० दिन देखि लकडाउन भएकाले समस्त व्यवसायीक कारोवारले गति लिन नसकेको पृष्ठभूमीमा निजी क्षेत्रका चुनौति र माग सम्वन्धमा र आगामी आवको बजेटसम्वोधन नगरेका बिषयहरु तथा आगामी मौद्रिक नीतिमा समावेश गरिनु पर्ने भन्दै नेपाल चेम्बर अफ कर्मशले आग्रह गरेको छ । कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले अर्थ मन्त्रालयका सििचव शिशिर कुमार ढुङ्गाना समक्ष चेम्वरको अवधारणा प्रस्तुत गर्दै यस्तो माग गरेको हुन् । 

सो अवसरमा चेम्वर अध्यक्ष राजेश काजी श्रेष्ठले लकडाउनका कारण बजारमा बिक्रीका लागि गएका मालवस्तुहरुको भुक्तानी हुन वांकी भइ उधारोमा गएकोले मूल्य अभिवृद्धि कर दाखिला गर्ने म्याद थप गरिनु बताए । बजारमा बिक्रीका लागि गएका मालवस्तुहरु बिक्री नभएको र कतिपय व्यवसायीहरु कारोवारनै वन्द गरी पलायन समेत भएकाले बजारमा उधारोमा गएका कतिपय मालसामानको अशुलीनै हुन नसक्ने अवस्था पनि रहेको उनको भनाइ छ । 
यस प्रकारको खराव ऋणको हकमा मूल्य अभिवृद्धि कर छुट हुनु पर्ने चेम्बरको माग छ । कतिपय उपभोग्य सामानहरुको म्याद गुज्रीएकोले बिक्रीका लागि अनुपयुक्त भएको हुंदा मालसामान धुल्याउनु पर्ने अवस्था रहेकोले गुणस्तरहीन भएका सामानको सन्दर्भमा मूल्य अभिवृद्धि कर छुटको प्रकृया सरल तथा सहज हुनु पर्ने माग पनि गिरिएको छ । 
हालैको बजेटबाट सुन चांदीको भसार महशुल वृद्धि भएकोले यसबाट सुन चांदीको अनधिकृत आयात वढन गएकोले यसबाट राजश्वमा पनि प्रतिकूल प्रभाव पर्ने र वैधानिक तवरबाट आयातित सुन चांदीको मूल्य पनि वृद्धि हुने भएकोले स्थानीय हस्तकलाबाट उत्पादित गरगहनाको मूल्य पनि वढने हुंदा  निकासी पनि प्रभाबित हुन जाने भएको अध्यक्ष श्रेष्ठको भनाइ । छ
यस्तै, श्रेष्ठले विश्व ब्यापार संगठन, विमस्टेक, साफ्टा आदिमा गरिएका प्रतिवद्धता अनुसार भन्सार दरबन्दी घटाउँदै लैजानु पर्ने बताए । ३० प्रतिशतका दरहरुलाई २० प्रतिशत, २० प्रतिशत लाई १५ प्रतिशत, १५ प्रतिशतलाइृ १० प्रतिशत र १० प्रतिशत लाई ५ प्रतिशत र ४० प्रतिशतका दरबन्दीहरु खारेज हुनुपर्ने उनको भनाइ छ ।
निर्यात ब्यापार लाई मुल्य अभिवृद्धिका आधारमा निर्यात अनुदान दिने नीति अपनाईनु पर्ने पनि उनको माग छ । ३० प्रतिशत सम्मको भ्यालु एडिसन मा ५ प्रतिशत, ७० प्रतिशत सम्मको भ्यालु एडिशनमा १० प्रतिशत र सो भन्दा माथीको भ्यालु एडिसनमा १५ प्रतिशत नगद अनुदान दिनुपर्ने चेम्बरको माग छ । 
औद्योगिक मेसिनरी तथाकच्चा पदार्थको आयातमा लागी आएको भन्सार दरलाई एक प्रतिशत मात्र लिनु पर्ने व्यवस्था हुनुपर्ने माग पनि गरिएको छ । 

उक्त अवसरमा अध्यक्ष श्रेष्ठले समस्त व्यवसायी क्षेत्र  राजश्वका सन्दर्भमा सदैब जिम्मेवारपूर्ण भूमिका निर्वाह गरिरहेको तर्फ औल्याउदै  निजी क्षेत्र तोकिएको म्याद भन्दा पनि अगावै राजश्व दाखिला गर्न तत्पर रहेको बताए । यसमा बजारमा बिक्रीमा गएका माल सामानहरुको भुक्तानी चेकमा प्राप्त भएको र कतिपय केशहरुमा ती चेकहरुबाट तत्कालै भुक्तानी प्राप्त हुन सक्ने प्रत्याभूति पनि नभएकोले यस सन्दर्भमा चेक वाउन्स हुने केशमा कडा कानुनी व्यवस्था गरिनुपर्ने उनको भनाइ छ । कुनै फर्म, कम्पनीे, संस्था तथा व्यक्तिहरुबाट जारी भएको चेक पटकपटक बाउन्स भएमा त्यस्ता फर्म कम्पनी संस्था तथा व्यक्तिहरुलाई कालोसूचीमा राख्ने लगायत अन्य कानूनी कारवाहीको लागि  व्यवस्था गरिनुपर्ने  समेत उनले बताएका थिए । 
उक्त अवसरमा अर्थ सचिव शिशिर कुमार ढुंगानाले निजी क्षेत्रको माग प्रति अर्थ मन्त्रालय सदैव सम्वेदनशील र सकारात्मक रहेको बताउनु हुंदै प्रस्तुत गरिएका सुझावका सम्वन्धमा बिद्यमान आर्थिक स्थितिलाइ मद्धेनजर गर्दै सम्वोधन गरिने बताए । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया