प्रधानमन्त्रीबाट हटाउन खोजियोः केपी ओली

३ बर्ष अगाडि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो भूमि समेटेर नक्सा जारी गरेपछि आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको बताएका छन् । तर त्यो सम्भव नरहेको उनको भनाइ छ । 

उनले लिम्पियाधुरासहितको नयाँ नक्सा  जारी भएपछि भारतले भारतीय मिडियामार्फत आफ्नो नेतृत्वको सरकार ढाल्न भूमिका खेलेको भन्दै तर त्यो प्रयास सफल हुन नदिने बताए । उनले नेपालले अरुको जमिन हस्तक्षेप नगरेकाले त्यो जमिन फिर्ता गरेरै छाड्ने पनि बताए । 

आइतबार मदन भण्डारीको ६९ औं जन्मोत्सवका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको नक्सा छापेर संविधान संशोधन गरेवापत प्रधानमन्त्री हटाउने सपना नदेख्न भारतलाई चेतावनी दिँदै  यतिवेला आफू हटे भोलिदेखि नेपालको पक्षमा कोही बोल्न नसक्ने भएकाले नेपालको राष्ट्रियतालाई त्यति कमजोर नठान्न आग्रह गरे ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया