एक सयले घट्यो सुनको मुल्य ः तोलाको कति ?

३ बर्ष अगाडि

पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ रेकर्ड बनाइरहेको समयमा आज (मङगलबार) भने सुनको मुल्यमा  एक सयले घटेको छ ।

हिजो सोमबार छापावाला सुनको मूल्य ९१ हजार ३ सयमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको थियो भने आज मंगलबार १ सयले घटेर ९१ हजार २ सयमा  कारोबार भइरहेको छ ।

त्यसैगरी, तेजाबी सुनको मूल्य ९० हजार ७ सय ६५ ले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

भने चाँदी मुल्य यथावत रही   प्रतितोला ९ सय ४५ रुपैयाँमा कायम भएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया