मिनीमार्टमा अनुगमन

३ बर्ष अगाडि

भक्तपुर नगरपालिकाको अनुगमन समितिले जिल्लाका मिनीमार्टहरुको अनुगमन गरेको छ । अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा लकडाउन खुकुलोसँगै बजार भाउ महङ्गिएको र गुन्हीपुन्ही (गाईजात्रा) लाई लक्षित गरी क्वाटीसहित खाद्य पसल अनुगमन गरेको हो ।

अनुगमनका क्रममा मिनीमार्टले खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट अनुज्ञापत्रबिना नै जथाभावी लेवल लगाएको पाइएको छ । म्याद गुर्जेका खाद्य सामग्री बिक्रीका लागि राखेको पाइएपछि त्यस्ता सामग्री जफत गरी नष्ट गरेका उहाँले जानकारी दिए । साकोठास्थित भक्तपुर मिनीमार्ट, च्याम्हासिंमा रहेको नाइन स्टार सपिङ सेन्टर र नमस्ते किराना स्टोरमा गरिएको अनुगमनमा सबैले म्याद गुज्रेको सामान बिक्रीका लागि राखेको पाइएको छ । उनले खुद्रा विक्रेतामा दर्ता गरेर मिनीमार्टमा चलाएको र विभिन्न खाद्य सामग्री अत्यधिक मात्रामा म्याद नाघेको बिक्रीका लागि राखेको पाइएपछि त्यस्ता सामग्री जफत गरी नष्ट गरेको बताए ।

मिनीमार्टलाई पाकेजिङ सामान गेडागुडी, दाल, चिउरालगायतमा खाद्य गुणस्तर तथा नियन्त्रण महाशाखाको अनुज्ञापत्रबिना लेवल नराख्न निर्देशन दिएको र तीन दिनभित्र नगरपालिकामा उपस्थित हुन तराजु जफत गरिएको छ भने कर्मचारीहरुमा एप्रोन, मास्क, पञ्जा, स्यानिटाइजरसहितको कोभिड–१९ बाट सुरक्षित रहन सुझाव दिएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताए ।

थपिए एक हजार ३०० मतदाता

भक्तपुरमा एक वर्षमा एक हजार ३०० मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयले  नयाँ दर्ता मतदाता नामावली सार्वजनिक गर्दै २०७६ भदौ ८ देखि २०७७ असार ३१ सम्ममा एक हजार ३७१ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकृत भीमबहादुर बिसीले जानकारी दिए ।

थपिएकामा महिला मतदाता ६७३ र पुरुष मतदातामा ६९८ छन् । नयाँं अद्यावधिक मतदाताको क्रममा जिल्लाबाट बाहिरी जिल्ला ठाउँ सार्न परेका निवेदन सङ्ख्या नौ, बाहिरी जिल्लाबाट भक्तपुर आउन परेका निवेदन ३९ र  जिल्लाभित्र आन्तरिक अद्यावधिकका लागि परेका निवेदन सङ्ख्या १८ रहेको उनले बताए ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया