भ्वाइस अफ नेपाल’ मा टिम अभयाकी सानिध्यालाई लिन सनुप र प्रमोदबीच हानाथाप, के भने सनुपले ?

५ बर्ष अगाडि

काठमाडौं –असोज १५ गते । नेपालको चर्चित रियालिटी शो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ कार्यक्रममा ब्याटल राउण्डमा निर्णायक तथा कोच सनुपको टिमकी प्रतियोगी अप्सराले निर्णायकसहित सबैलाई स्तब्ध बनाईन् । 
निर्णायकहरुमध्ये दिप र प्रमोदले उनको गायनको तारिख गर्दै उनलाई छनौट गर्ने आफ्नो सुझाव दिएपनि टिमका कोच सनुपले अर्का प्रतिस्पर्धी शैलु छनौटबाट अघिल्लो राउण्डमा प्रवेश गरेपछि अप्सरा निकै भावुक भएकि थिईन् । 
उनले आफ्नो मम्मिलाई दिएको प्रतिज्ञा पुरा गर्न नसकेको भन्दै स्टेजमा नै ग्वाँ ग्वाँ रुन पुगेपछि ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’मा सबै स्तब्ध भएका थिए । तर पनि उनी अघिल्लो स्टेजमा छनौट हुन सकिनन् ।
यस एपिसोडमा टिम अभयाका प्रतियोगी सानिध्यालाई टिम सनुप र टिम प्रमोदबिच हानाथाप भएको छ । उनलाई आफ्नो टिममा पार्नका लागि दुबैले स्टिल गरेका थिए । तर कुनै एक टिममा मात्र जानुपर्ने अवस्था आएको थियो । सो बेलामा उनको गायन कला निकै राम्रो रहेको र ‘यस्तो च्यामलाई हामीले रुवाउन नहुने’ भन्दै उनलाई गूमाउन नसक्ने निर्णायक सनुप बताए । र अन्त्यमा उनलाई प्रभावित पार्दै आफ्नो टिमको पोल्टामा पार्न सफल भए ।
दुईजना कोचले स्टील गर्दा कसको टिममा जाने भनेर निर्णय लिन प्रतिस्पर्धी सानिध्यालाई निकै कठिन भएको थियो ।
ब्याटल राउण्डमा निर्णायक तथा कोचहरु दिप श्रेष्ठ, अभया सुब्बा, सनुप पौडेल र प्रमोद खरेलका टिमहरुका प्रतिस्पर्धीले एक आपसमा भिडन्त गरिरहेका छन् ।
‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ ब्याटल राउण्डमा छानिएका प्रतियोगीहरुमध्ये एक आपसमा ससक्तरुपमा एकै गीतमा गाएर भिडन्त गर्नुपर्नेछ ।
यो राउण्डमा हरेक प्रतियोगीहरुलाई कोच र कोचका सल्लाहकार टिमले प्रतियोगीहरुलाई प्रशिक्षण गरेर ब्याटल राउण्डमा तयार पारेका छन् ।
यस ब्याटल राउण्डमा चारै निर्णायकहरुको आफ्नो टिमका १२ जना प्रतियोगीहरुले एक आपसमा प्रतिस्पर्धा गर्नेछन् ।
ब्याटल राउण्ड निकै प्रतिस्पर्धी र रोमान्चकता साथ शुरु भएको छ, आगामी दिनमा अझै रोचक र ससक्त प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ जहाँ प्रतिस्पर्धिहरु आपसमा गायनमार्फत भिडन्त गर्नेछन् ।
चार निर्णायक तथा कोचहरुका लागि ब्याटल राउण्ड निकै कठिन हुने देखिएको छ, जसमा आफ्नो टिमले उत्कृष्ट गरोस भन्ने चाहना हुनेछ ।
नेपालमा अहिलेसम्मकै भव्य र रोमान्चक कार्यक्रमको रुपमा संचालन भईरहेको टिभिएस अपाचे दि भ्वाइस अफ नेपालले नेपाली गित संगितको क्षेत्रमा नयाँ आयाम कोर्न सफल हुने अपेक्षा गरिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया