अब जम्मा ९ प्रतिशत ब्याजदरमा गाडी किन्न  पाईने

५ बर्ष अगाडि

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चाडपर्व उत्सव योजना अन्तर्गत ९ प्रतिशत ब्याजदरमा व्यक्तिगत सवारी प्रयोजनको लागि नयां गाडी कर्जा प्रोडक्टको शुभारम्भ गरेको छ ।

गाडीको कोटेशनमा अंकित मुल्यको बढिमा ६५ प्रतिशत वा ५० लाख मध्ये जुन कम हुन्छ सो रकम कर्जा लगानी गर्ने बैंकले जनाएको छ ।

कर्जा अवधि ५ वर्ष सम्म भएमा ९ प्रतिशत र ५ वर्ष भन्दा बढि कर्जा अवधि भएमा ९.५ प्रतिशत ब्याजदर लागु हुनेछ ।बढिमा ७ वर्ष सम्म कर्जा अवधि दिइने यो योजना २०७५ कार्तिक मसान्त सम्म मात्र लागु हुनेछ ।

निवेदन दिएको ७ कार्य दिन भित्रमा निर्णय दिने यस योजनामा गाडी कर्जा सम्बन्धी अन्य प्रचलित नियमहरु आकर्षित हुनेछ । यो कर्जा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट लिन सकिनेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया