यि हुन् सम्बन्ध विच्छेद हुने ९ कारणहरु

५ बर्ष अगाडि

एक तथ्याङक अनुसार विश्वमा ४२ प्रतिशत विवारहत सम्बन्धहरु विच्छेद हुन्छन् । ३४ प्रतिशत विवाहित जोडी त विवाहको २० वष नपुग्दै विच्छेद हुन्छन् । किन हुन्छन् त सम्बन्ध विच्छेद ? विश्वमै चर्चित सम्बन्ध परामर्शदाता एवम् सेक्स थेरापिस्ट पिटर सादिगंटनका अनुसार सम्बन्ध विच्छेद हुने ९ कारणहरु यी हुन् ।
१. पर–सम्बन्ध
यदि कोहि व्यक्ति विवाहित हुँदाहुँदै पनि परसम्बन्ध राख्दै हिँड्छ भने । आफ्नो पार्टनरसँग सुमधर र लामो सम्बन्ध कायम गर्न मुस्किल हुन्छ । परसम्बन्धले आफ्नो विवाहित सम्बन्धमा विश्वाश गर्ने वातावरणको अन्त्य गरिदिन्छ । त्यसैले सम्बन्धमा इमान्दारिता नै सबैभन्दा बलियो खम्बा हो ।
२.आर्थिक कमजोरी
आर्थिक स्थर कमजोर हुँदै जाँदा पनि सम्बन्ध खस्किँदै जान्छ । एक जना कमाइरहने अर्काले चाहिँ चाहिने नचाहिने कुराहरुमा पैसा उडाइरहने बानीले गर्दा सम्बन्धमा विवादहरु उत्पन्न हुँदै गइ अन्यमा सम्बन्ध नै तोडिएको थुप्रै उदाहरणहरु छन् ।
३्. पूर्व–प्रेमीको हस्तक्षेप
जतिसुकै कसिलो सम्बन्धमा पनि यदि कुनै एक जनाको पूर्व–प्रेमीको हस्तक्षेप बढ्दै गएमा सम्बन्ध बिग्रदै जान्छ । साथीको नाममा पूर्व–प्रेमीसगँको हेलमेल बढाउने सम्बन्धहरुको आयु त्यति लामो नभएको एक अध्ययनले पनि देखाएको छ ।
४. कामुकतामा फरक
जोडीमा बराबर यौन इच्छा हुने सम्बन्धहरु बढि टिकाउ हुन्छन् । तर, एक जना अति नै धेरै कामुक र अर्को बम कामुक भएमा सम्बन्धको सन्तुुलन बिग्रन्छ ।
५.बच्चा भएकासँग सम्बन्ध
कसैले पहिले नै बच्चा भएकासँग सम्बन्ध गाँसेका हुन्छन् । यस सम्बन्धमा बच्चैका कारण उतावचढाब आइरहन्छन् । जसले जति नै भने पनि अरुका बच्चलाई आफ्नै सम्झेर व्यवहार गर्ने नसक्ने प्रवृत्तीले सम्बन्धका डोरीहरु खुकुलो बनाइदिन्छन् र अन्यमा सम्बन्ध नै विच्छेद हुने कारण बन्न पुग्दछन् ।
६. अविभावकको हस्तक्षेप
कोही आफ्नो जीवन साथीलाई भन्दा अविभावकलाई बढि महत्व दिने खालका हुन्छन् । जीवन साथीसँग भन्दा आमाबाबुसँग बढि समय बिताउने बानीले वैवाहिक सम्बन्धमा असर पार्दछ । यसले जोडीबीचको घनिष्टता कम हुँदै जाने र अन्त्यमा सम्बन्ध नै विच्छेद हुने कारण बन्न पुग्दछ ।
७.मुखाले बानी
कोही हरेक कुरामा तर्क र प्रतिवाद गर्ने प्रकृतिका हुन्छन् । यस्ता मान्छेका सम्बन्ध सोझा र शालिन प्रकृतिका व्यक्तिसँग गाँसिन्छ भने त्यो सम्बन्ध लामो समयसम्म टिक्नै सक्दैन । सम्बन्ध बचाउने जति नै कोसिस गर्दा पनि अन्तत यस्ता सम्बन्ध तोडिएर गएको एक अध्ययनले देखाएको छ ।
८.अरुसँग बढि घनिष्टता
सामान्यतया सबैका लागि आफ्नो जीवन साथीभन्दा बढि घनिष्ट साथी अरु कोहि हुँदैन । तर, जीवन साथीलाई भन्दा अरु कोहि साथीसँग बढि घनिष्टता राख्ने बानीले सम्बन्धहरु बिगार्छन् । केहि मात्रामा ठिकै मान्न सकिएला तर, लामो समयसम्म यस्ता बानी नत्याग्ने हो भने यो नै सम्बन्ध अन्त्य गर्ने कारण बन्न पुग्दछ ।
९. गोपनियता
श्रीमान–श्रीमतीविचका गोप्य कुराहरु आफ्ना नजिकका साथीहरुसँग खुलेर भन्ने बानीले सम्बन्धहरु बिग्रन्छन् । कपिय कुराहरु श्रीमान–श्रीमतीबीच मात्र सिमित राख्नुपर्ने हुन्छ । तर, अन्जानमै तेसा्र व्यक्तिहरुसँग सेयर गर्ने गर्नाले सम्बन्ध विच्छेदसम्म भएका घटनाहरु प्रशस्तै छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया