यो वर्ष सेयर बर्ष हो, सेयरबाट १८ अर्ब उठाउँछौ: कुलमान घिसिङ

५ बर्ष अगाडि

नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारि अधिकृत ९सिईओ० कुलमानसिह घिसिङले यो वर्ष सेयर वर्ष भएको बताएका छन्  । 
प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा घिसिङले यो वर्ष १८ अर्ब रुपैया सेयरबाट उठाउने बताए । हाल निर्माणको क्रममा रहेका चिलिमे अन्तरगतका ४ वटा आयोजनाको २२७ र माथिल्लो तामाकोसीको लागि उक्त रकम सेयर बाट उठाउने बताए । उनका अनुसार ४ कम्पनीको लागि ८ अर्ब र माथिल्लो तामाकोसीको लागि १० अर्ब सहित १८ अर्ब उठाउने तयारि भईरहेको छ । 
पहिला लगानि उठाउन डर लागे पनि माथिल्लो तामाकोशिबाट आट आएको उनको भनाइ  छ । अब अर्को हजार मेगावाटका आयोजना बनाउन समेत आँट आएको उनको भनाइ  छ ।
घिसिङले कुलेखानि २,३ महिनामा सकिने,त्रिशूली ३ए आगामि५, ६ महिनामा सकिने उनले जानकारि गराए।
उनले तनँहुको कन्ट्याक्ट् सकेर काम सुरु भएको, राहुघाटको काम सुरु भएको, ३७ मेगावाटको त्रिशूली ३बि सहित २१६ मेगावाटको काम सुरु भएको उनको भनार्इ छ ।
अब १०० मेगावाटको तामाकोशि ५ पनि ल्याउने तयारिमा रहेको उनको भनाइ छ ।
घिसिङका अनुसार ८३० मेगावाटको अप्पर अरुण १२ खर्बमा निर्माण हुने छ । यसमा एडिबि, वर्बैल्र्ड बैंकले पनि लगानि गर्ने तयारि रहेको उनले जानकारि गराए। 
यो तामाकोशी भन्दा राम्रो हुने उनको र्तक छ। 
यस्तै जनताको, नागरिक लगानी कोष, कर्मचारि सञ्चय कोषको पनि लगानी हुने छ। 
यस्तै १२ अर्बको लगानिमा ६० मेगावाटको माथिल्लो र तल्लो मोदि बन्ने बताए । आगामि २ वर्ष भित्र १२०० मेगावाट बन्ने र ३ बर्ष भित्र ३ हजार मेगावाट विद्युत निर्माण हुने उनको भनाइ  छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया